Saturday, September 15, 2018

निर्मलाका निम्ति न्याय माग्दै काठमाडौंमा बृहत् प्रदर्शन !

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन र न्याय माग्दै शनिवार राजधानीमा प्रदर्शन भएको छ।
माइतीघर मण्डलामा सयौँ मानिसहरू भेला भएर निर्मलाको लागि न्यायको माग गरेका हुन्। शान्तिपूर्ण भेलामा निर्मलाका बाबुआमा सहित नागरिक अगुवा, विद्यार्थी, अधिकारकर्मी लगायतको उपस्थिति थियो।

साउन १० गते हत्या गरिएकी निर्मलाको हत्यारा को हो भन्ने अझै पत्ता लाग्न सकेको छैन।

Saturday, September 8, 2018

एक जना बाहेक हेलिकप्टरमा सवार सबैको मृत्यु !!

काठमाडौं : काठमाडौँका लागि गोरखा सामागाउँबाट उडेको हेलिकप्टर दुर्घटना अवस्थामा फेला परेको छ। हेलिकप्टरमा सवार छ जनाको मृत्यु भएको छ।

नागरिक उड्ययन प्राधिकरण हवाई सुरक्षा विभागका प्रमुख राजु श्रेष्ठले दुर्घटनामा परी पाइलटसहित छ जनाको मृत्यु भएको बताएका हुन्।

गोरखाको सामागाउँमा ४ चिनियाँलाई उतारेर काठमाडौँ फर्किँदै गरेको हेलिकप्टरमा एक जापानी नागरिक र ५ नेपाली यात्रु थिए। हेलिकप्टरमा पाइलट निश्चल केसी, जापानी नागरिक हिरोमी कोमात्सु, दिल्लीबहादुर गुरुङ, हिरा शेर्पा, छोवाङ नुर्वु र सुनिल तामाङ रहेका छन्। उनीहरुको मृत्यु भएको हो। हेलिक्टरमा सवार ल्हो आनी डोल्मा भने बाँच्न सफल भएकी छिन्

अल्टिच्युड एयरको नाइन एन – एएलएस कलसाइन रहेको हेलिकप्टर बिहान ७:४० मा उडेको थियो।

निर्मलाका निम्ति न्याय माग्दै काठमाडौंमा बृहत् प्रदर्शन !

कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीय बालिका निर्मला पन्तको हत्यारा पत्ता लगाउन र न्याय माग्दै शनिवार राजधानीमा प्रदर्शन भएको छ। मा...